पहाडबाट भयंकर ढुंगाहरू खसेर एक पुल नै भाँच्चिएको छ भने गाडी किचिएर ९ जनाको ज्यान गएको छ ।गुडिरहेको गाडीमा माथिबाट अचानक ढुङ्गा खसेपछि भारतको हिमाञ्चल प्रदेशमा पर्ने किन्नाैर भन्ने ठाउँमा ९ जनाको मृत्यु भएको हाे ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार भएको उक्त दुर्घटनामा परी मुत्यु हुनेमा पर्यटकहरु रहेका छन् । उनीहरू दिल्लीका बासिन्दा रहेको र आन्तरिक भ्रमणमा गएको बेला सो दुर्घटना भएको बताइएको छ । तीन जना घाइते भएको समाचारहरूमा उल्लेख छ ।
घटनाको जानकारी पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।
यसैगरी, हिमाचलका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटना निकै दुःखद रहेको भन्दै पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।
ढुंगा के कारणले खस्यो भन्ने स्पष्ट भइसकेको छैन, तर आवश्यक अनुसन्धान भइरहेको छ । भारी वर्षा भइरहकेकाले खसेको हुनसक्ने जनाइएको छ । तर उक्त ढुंगाहरू पनि घाम लागेकै बेला सुख्खा रूपमा खसेकाे भिडियाेमा देखिन्छ ।
Valley bridge Batseri in Sangal valley of Kinnaur collapses: Nine tourists from Delhi NCR are reported to be dead and three others are seriously injured pic.twitter.com/gTQNJ141v5
— DD News (@DDNewslive) July 25, 2021
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते