नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्ररी पछारिएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
हामीले ठूलो लडाइँ जित्यौँ। संविधान र राष्ट्रियता खतराको डिलमा परेको थियो। हाम्रो मोर्चाबन्दी र संघर्षपछि केपी ओली इतिहासमा नराम्ररी पछारिए, उनले भने, पछारिएपछि केपी ओली अहिले विक्षिप्त भएका छन्। घरी बार्दलीबाट बर्बराउँदैछन्, घरी कहाँबाट बर्बराइरहेका छन्। यो बर्बराहट पनि लामो समय रहँदैन।
उनले एमालेका नेता कार्यकर्तालाई आफ्नो हनुमान बनाएको पनि दाहालले आरोप लगाएका छन्। जसलाई ओलीले हनुमान ठान्छन्, ती हनुमानले पनि धेरै बोक्दैनन्।
यस्तै पछिल्लो समय गठबन्धनका दलहरुबिच फाटो ल्याउने प्रयास भइरहेको भन्दै उनले गठबन्धनलाई अझ कसिलो बनाउनुपर्नेमा जोड दिए । उनले गठबन्धनको सरकालाई चुनौती रहेको भन्दै कुनै मन्त्रीलाई पनि लापरवाही गर्ने छुट नभएको बताए । थियौँ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते