देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णय

देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णय

UML-Sthai-Comitee

काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि एमालेलाई फुटाउने उदेश्य रहेको ठहर गरेको छ ।

आज ललितपुरको च्यासलमा रहेको तुलसी स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले एमाले विभाजन गराउने प्रयासबाट आजै विश्वासको मत लिने निर्णय गरेको निष्कर्ष निकालेको हो । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेता माधवकुमार नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरिएको पछिल्लो प्रयास पनि असफल भएको जानकारी दिए ।

नयाँ कोर्समा अगाडि बढ्ने निर्णय गरिसकेको भए अब उहाँ एमालेमा नरहने समेत नेता ज्ञवालीको भनाइ छ । आजको स्थायी कमिटी बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपाल समूह अनुपस्थित भएकाे छ । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल समूह सहभागी भएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds