पोखराका मेयर जिसीलाई मस्तिष्कघात

पोखराका मेयर जिसीलाई मस्तिष्कघात

Man bahadur gc

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं रेफर गरिएकाेमा काठमाण्डौ लगिएको छ ।

उनको थप उपचार काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा हुनेछ ।  आज बिहान ४ बजे अचानक अस्वस्थ भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल लगिएको थियो । हदयघातको आशंका गरिएको थियो ।

उच्च रक्तचापका बिरामी जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उदृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । अवस्था खतरामुक्त छ । ‘मेयर साबको अवस्था जटिल छैन भनेर डाक्टरहरूले भन्नुभएकाे छ । उहाँ बोलिरहनुभएको छ।’ बरालले भने – ‘दाहिनेतिरको नसामा सानो अवरोध देखिएको भनिएको छ । त्यसले देब्रे हरमा समस्या देखिएको हाे ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिसी नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।

  • अद्यावधिक गरिएको ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds