पोखरा । कास्की प्रहरीले ठूलो मात्रामा अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं -१ स्थित बगरमा लागु औषधको अवैध कारोवार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले २०१६ एम्पुल लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१ निवासी ४९ वर्षीय अर्जुन कुमार गुरुङ रहेका छन् ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार गुरुङको घरको कोठामा खान तलासी गर्दा प्रहरीले सुटकेस भित्र लुकाई राखेको अवस्थामा डाईजापाम ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल,
नुर्फिन ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल लागु औषधसहित मोबाईल १ थान र नगद पाँचलाख एक्काईस हजार दुईसय वरामद गरेको हो ।
पक्राउ परेका गुरुङमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ