सभामुखले बलमिच्याईं गरेपछि एमाले सांसद बस्नेतले फाल्दिए प्रदेशसभाको टेबल [भिडियो]

सभामुखले बलमिच्याईं गरेपछि एमाले सांसद बस्नेतले फाल्दिए प्रदेशसभाको टेबल [भिडियो]

gandaki prades sabha

पोखरा । गण्डकी प्रदेश सभामा २७ सांसद एक ढिक्का रहेको प्रतिपक्षीलाई वास्तै नगरी सभामुखले बलमिच्याईं गरेपछि प्रतिपक्षी एमालेका सांसदहरु आक्रोशित बने ।

विपक्षीका अवरोधबीच सभामुख नेत्रनाथ अधिकारीले बिनियोजन विद्येयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि एमाले सांसद आक्रोशित बनेका थिए । केहि समयअघि आफूहरुले बुझाएको १० बुँदे ध्यानाकर्षणपत्र अनुसार माग पूरा नभएसम्म सदन चल्न नदिने एमालेले बताइरहँदा बजेट पारित गर्ने कार्यसूची अनुसार सभामुख अघि बढेपछि केहि सांसदले टेबुल फालेका हुन् ।

पूर्व भौतिक पूर्वाधारमन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्री आसिन रहने पहिलो लहरको टेबल उठाएर फालेका थिए । एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोकेका थिए ।

सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए । बहुमतले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको छ । त्यसलगत्तै एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी सभामुखले गैरसंसदीय चरित्र देखाएको आरोप लगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds