निर्वाचन आयोगद्वारा मध्यावधि चुनाव कार्यतालिका रद्द

निर्वाचन आयोगद्वारा मध्यावधि चुनाव कार्यतालिका रद्द

nirbachan_aayog 1

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । आज बुधबार सूचना प्रकाशित गरी आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको जनाएको हो ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर, सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णय अवैध ठहर गर्दै संसद पुनर्स्थापना गरिदिएपछि आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको हो ।

आयोगद्वारा बुधबार जारी सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds