कास्कीका १८६ सहित गण्डकीमा थप ३७४ जनामा कोरोना पुष्टि, ३७७ कोरोनामुक्त

कास्कीका १८६ सहित गण्डकीमा थप ३७४ जनामा कोरोना पुष्टि, ३७७ कोरोनामुक्त

Gandaki covid corona 5

बुधबार गण्डकीमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२१ जनामा गरिएको नमुना परीक्षणमा ३७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८६ जना, तनहुँका १७ जना, गोरखाका ४२ जना, लमजुङका २२ जना, नवलपुरका ४४ जना र स्याङ्गजाका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका तीन जना, बागलुङका १५ जना, म्याग्दीका छ जना, र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार १५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ५२३ पुगेको छ।

गण्डकीमा आज कोरोना संक्रमणका कारण मृत्यु संख्या छैन । तसर्थ कोरोना संक्रमणका कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १००८ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds