कास्कीका १४९ सहित गण्डकीमा थप ३४४ जनामा संक्रमण, ६ जनाको मृत्यु पुष्टि

कास्कीका १४९ सहित गण्डकीमा थप ३४४ जनामा संक्रमण, ६ जनाको मृत्यु पुष्टि

1

पोखरा।  मंगलबार गण्डकीमा ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३१ जनामा गरिएको नमुना परीक्षणमा ३४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४९ जना, तनहुँका ४३ जना, गोरखाका ३० जना, लमजुङका २० जना, नवलपुरका १९ जना र स्याङ्गजाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १७ जना, बागलुङका ५१ जना र म्याग्दी जिल्लाका तीन जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५९ हजार ७८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४४८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार १४६ पुगेको छ।

मंगलबार पनि गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा नवलपुरका एक जना, तनहुँका एक जना, बाग्लुङका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र स्याङ्गजा जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १००८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds