जबर्जस्ती करणीको झुट्टा व्यहोरा उल्लेख गरी जाहेरी दिने पोखराकी एक महिला पक्राउ

जबर्जस्ती करणीको झुट्टा व्यहोरा उल्लेख गरी जाहेरी दिने पोखराकी एक महिला पक्राउ

woman_arrest_

File Photo

पोखरा । झुट्टा व्यहोरा उल्लेख गरी जबर्जस्ती करणीको आरोप लगाएर जाहेरी दिएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा निवासी एक महिलाले आफुलाई एक पुरुषले जबर्जस्ती करणी गरेको भन्दै २०७६ सालमा जाहेरी दिएकी थिइन् । जाहेरी पश्चात घटना अदालतमा पुगिसकेपछि झुट्टा सावित भएको थियो ।

अदालतको २०७६ साल कार्तिक ४ गतेको फैसला अनुसार झुट्टा जाहेरी दिने उक्त महिलालाई १ महिना कैद ठहर भएकोमा उनी फरार रहँदै आएकोमा कास्की प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत कास्कीमा बुझाएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

अदालतको पत्र अनुसार आइतबार नै उनलाई १ महिना कैदमा राख्न कारागार कार्यालय कास्की पठाइएको प्रवक्ता हमालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds