पोखरा । प्रहरीलाई नगद ५ सय घुस खुवाउन खोज्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं -१७ छोरेपाटनस्थित चेक प्वाइन्टमा प्रहरीलाई घुस खुवाउन खोज्ने लु २ ख २९३ नंवरको बसका सहचालक स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका -२ बस्ने ३५ वर्षीय मुक्तिराम पौडेललाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको उक्त बसलाई चेकिङ गर्ने क्रममा सहचालक पौडेलले ‘हामी मिलौं’ भन्दै ५०० घुस दिन खोजेका थिए। तर, ड्युटीमा खटिएको प्रहरीले घुस अस्विकार गर्दा पौडेलले प्रहरी माथि नै अभद्र व्यवहार गरेका थिए ।
पक्राउ परेका पौडेललाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत मुद्धा चलाई अनुसन्धन प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ