मनाङ । नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ ।
पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहनुभएका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।
आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनी काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किएका थिए। गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बस्नुभएका उनी हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो ।
उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पुर्याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनीको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए।
सम्बन्धित खबर
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
मनाङमा बेमौसमी हिमपात, फूमा ६ इन्च हिउँ
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मनाङमा भूकम्पको धक्का
मनाङमा मौलिक घर हराउँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते