पोखराका ३८ वर्षीय पुरुष सहित गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि, ३०२ जनामा संक्रमण

पोखराका ३८ वर्षीय पुरुष सहित गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि, ३०२ जनामा संक्रमण

1

पोखरा – सोमबार गण्डकीमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६२ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९७ जना, तनहुँका २३ जना, लमजुङका ३२ जना, नवलपुरका ४४ जना र स्याङ्गजाका ३६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १३ जना, बागलुङका ३१ जना, म्याग्दीका छ जना, मुस्ताङका तीन जना र मनाङ जिल्लाका १२ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५७ हजार ४१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २१६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ३५० पुगेको छ।

आइतबार गण्डकीमा छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका चार जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds