पोखरा । पोखरामा १५ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आज (सोमबार) कलाकार तथा सामाजिक अभियन्ता मिलन शेरचनले राहत वितरण गरेकी हुन् ।
शेरचनका अनुसार काठमाण्डौ बालुवाटार निवासी गीतकार तथा साहित्यकार प्राज्ञ उन्नति बोहोरा शिलाबाट प्राप्त उक्त राहत आज वितरण गरिएको हो ।
प्रतिव्यक्ति रु. १००० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले राहत वितरण गरिएको शेरचनले जानकारी दिइन् ।
दुःखि पिडित प्रतिको भावना सकारात्मक र सहयोगी भए भौतिक र भौगोलिक दुरीले छेक्न नसकिने शेरचनले बताइन् । “यदि साच्चै दुःखि पिडित प्रति दयाको भावना जागृत भएमा भौतिक र भौगोलिक दुरीले कदापि छेक्न सक्दैन भन्ने ज्वलन्त उदाहरण पनि हो यो ।” उनले भनिन्– “सबैमा यस्तै मन, भावना भए कोही पनि व्यक्ति भोकको पिडाले छट्पटाउनु पर्ने छैन।”
उनले सहयोगका लागि बोहोरालाई धन्यवाद व्यक्त गर्दै सबैमा राहत सहयोग अभियानमा हातेमालो गर्न आग्रह गरेकी छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ