पोखरा । पोखरा -२३ मा रहेको एक एग्रो फार्ममा चितुवा पसेर फार्ममा रहेका हाँस तथा कुखुराहरु मारेको छ।
संखुवासभा जिल्लाको दुधकोशी गाउँपालिका -५ घर भइ हाल पोखरा महानगरपालिका -२३ स्थित बिरिम कुना भन्ने स्थानमा ‘ईको एग्रोफार्म’ संचालन गरेका निमा शेर्पाको उक्त फार्ममा पालिएका १०० वटा कुखुरा, ५० वटा हाँस, ४० वटा टर्की र ५ वटा लौकाट मारेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।
विकका अनुसार घटनामा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षति भएको अनुमान गरिएको छ भने, घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरेको प्रहरीले बताएको छ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ