पोखरा । पोखरामा एक दम्पतीले आफ्ना बुबा–आमाको स्मृतिमा खाद्यान्न सहयोग गरेका छन् ।
पोखरा पृथ्वीचोक स्थित होटल निलगिरीका संचालक बद्रि ज्वारचन र उनकी श्रीमती सुन कुमारी ज्वारचनको दम्पतीले आफ्ना बुबा–आमाको स्मृतिमा २१ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।
ज्वारचन दम्पतीद्वारा प्राप्त खाद्यान्न हिजो (शुक्रबार) वितरण गरिएको कलाकार तथा सामाजिक अभियन्ता मिलन शेरचनले जानकारी दिइन् ।
शेरचनका अनुसार बद्रि ज्वारचनका दिवङ्गत बुबा ढुङ्बा कान्छा र आमा मोलो स्हाङ्मो तथा उनकी श्रीमतीकी बुबा मनबिर हिराचन र आमा सुक देवी हिराचनको स्मृतिमा खाद्यान्न राहत सहयोग गरिएको हो ।
प्रतिव्यक्ति रु. १२०० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले राहत वितरण गरिएको शेरचनले जानकारी दिइन् ।
उनले सहयोगका लागि ज्वारचन दम्पतीलाई धन्यवाद व्यक्त गर्दै सबैमा राहत सहयोग अभियानमा हातेमालो गर्न आग्रह गरेकी छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ