पोखरा । पोखरामा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण समस्यामा परेका २१ परिवारलाई राहत वितरण गरिएको छ ।
आज (शुक्रबार) कलाकार तथा सामाजिक अभियन्ता मिलन शेरचनले उनीहरुलाई राहत वितरण गरेकी हुन् ।
शेरचनका अनुसार आज रूपक हिराचन र उनकी श्रीमती सञ्चारकर्मी तथा समाजसेवी सुकु हिराचनको दम्पतीद्वारा प्राप्त राहत वितरण गरिएको हो । रूपक हिराचनका स्व.बुबा समर बहादुर हिराचन तथा स्व.आमा बिष्णु हिराचनको दोस्रो बार्षिक पुण्यतिथिको अवसरमा उनीहरुले उक्त राहत प्रदान गरेका हुन् ।
आज प्रतिव्यक्ति रु. १२०० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले राहत प्रदान गरिएको छ।
शेरचनले सहयोगका लागि हिराचन दम्पती प्रति आभार व्यक्त गरेकी छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ