गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा बाढीले पुर्‍यायो क्षति

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा बाढीले पुर्‍यायो क्षति

jhalunge-pul

गोरखा । गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदीको झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

नदीमा आएको भीषण बाढीसँगै पानीको बहाव बढेर पुलसम्म पुगेपछि क्षति पुगेको गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

बाढीले झोलुङ्गेको तनहुँतर्फको भाग नदीमा डुबेको तथा पुल बाङ्गिएको उनले जानकारी दिए। पुलमाथि बाढी पुगेपछि बगाएर ढुङगामुढा रोकिँदा मुनिका बस्तीमा बाढीको प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।

गोरखा नगरपालिका-१४ स्थित गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित एक्लेफाँट जोड्ने सो पुलमा बाढीले क्षति पुर्‍याएपछि आवातजावत बन्द भएको वडाध्यक्ष खड्काले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds