मनाङ । मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराको चपेटामा परेको छ। असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन्।
मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै गाउँसभा गरिसकेका छन्। तर चामे र नार्पाभूमि गाउँपालिकाको भने गाउँसभा हुन सकेको छैन। सबैभन्दा बढी जोखिममा परेको नासोंले बगरमा नै गाउँसभा गरेको छ भने ङिस्याङले भर्चुअल माध्यमबाट गाउँसभा गरी बजेट सार्वजनिक गरेको छ।
बाढी पहिराको जोखिमले गर्दा जिल्लाको सदरमुकाम चामे गाउँपालिका र प्रदेशको सडक सञ्जालबाट टाढा रहेको विकट स्थानको नार्पाभूमि गाउँपालिकाले हालसम्म पनि गाउँसभा गर्न सकेको छैन। पालिकाका विभिन्न स्थानमा बाढी पहिराको जोखिमले गर्दा गाउँसभाको काम पुरा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिए। “नदीमा बाढी घट्ने सम्भावना कम छ, चामेको हरेक क्षेत्र नदीको किनार पर्ने र जोखिम बढी हुँदा गाउँसभा गर्न मुस्किल भएको छ, नदीको बहाव बढ्यो भने पालिकावासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, गाउँपालिकाको काम पुरा गर्न सकेको छैन”, अध्यक्ष घलेले भने, “असार २५ देखि २७ गतेभित्र गाउँसभा गर्ने योजना बनाएका छौं, समयले साथ दिन्छ कि दिदैन भन्ने मात्रै छ।”
त्यस्तै नार्पाभूमिमा पनि धेरै स्थानमा बाढीले स्थानीयवासीमा प्रभाव पारेपछि समयमा गाउँसभा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष मिङ्मार लामाले बताए। “जनतालाई बचाउनु कि पालिकाको काम गर्नु जस्तो भएको छ, समयमा गाउँसभा गर्न नसकेपनि यो महिनाको अन्तिमसम्ममा गर्ने तयारीमा छौं”, अध्यक्ष लामाले भने।
बाढी पहिराका कारण जिल्लामा विद्युत् र सञ्चारको कठिनाइ भएको छ। यस्तो अवस्थामा गाउँसभा गर्नुपर्ने हुँदा जनप्रतिनिधि समस्यामा परेका छन्। दुवै पालिकाले यस वर्ष विपद्मा परेकाले विपद्, स्वास्थ्य र सडक सञ्जाललाई बढी प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्ने जनाएका छन्।
सम्बन्धित खबर
जम्न थाले मनाङका नदी र ताल
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
मनाङमा बेमौसमी हिमपात, फूमा ६ इन्च हिउँ
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मनाङमा भूकम्पको धक्का
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम