दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदै

दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदै

Pokhara Airport plane

File Photo

काठमाडौँ । कोरोनाका कारण जारी भएको निषेधाज्ञासँगै बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि शुरु हुँदैछ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिइ उडान सञ्चालन गर्ने तयारी गरेको हो । प्राधिकरणका अनुसार हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ ।

उडानको अनुमति दिइएकामध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको प्राधिकरणले जनाएको छ ।

यात्रुहरुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds