षड्यन्त्रपूर्ण तरिकाले फसाइएको भन्दै सरस्वती प्रधान मानव अधिकार आयोगमा, कारवाहीको माग

षड्यन्त्रपूर्ण तरिकाले फसाइएको भन्दै सरस्वती प्रधान मानव अधिकार आयोगमा, कारवाहीको माग

saraswati-pradhan

काठमाण्डौ । जातकै कारण कोठा नदिएको आरोप लागेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छन् ।

उनले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएकी हुन्  ।

‘रुपाले आवश्यकतानै नपरी बहानाबाजी गरेर कोठा भाडामा मागेको, मन्जुरी बिना फोन कल रेकर्ड गरेको र आफैले म कामिकी छोरी ‘हुँ’ भन्दै आफैलाई अपमान गरी होच्याएर जबर्जस्ती कोठा भाडामा दिन दबाव दिंदै क्षुद्र व्यवहार देखाएको’ सरस्वतीले निवेदनमा लेखेकी छन् ।  साथै उनले ‘आफूले कोठा भाडामा दिन नमिल्ने बताउँदा गदगद हाँसेको र भोलीपल्ट अर्थात् असार ३ गते महानगरीय प्रहरी वृत सिंहदरवारमा जातिय भेदभाव तथा छुवाछुत कसूरमा जाहेरी दिएर जालसाझी गरी आफूलाई पक्राउ गराएको’ उल्लेख गरेकी छन् ।

‘रुपाले निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिनापिसिआर रिपोर्ट खुल्लेआम टोलटोलमा आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको,’ पनि सरस्वतीले निवेदनमा जनाएकी छन् ।

उनलेर घरधनी श्रीमान् र सासु भएको भन्दै आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्।

असार १ गते सुनारलाई थरकै कारण कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले ३ दिन हिरासतमा लिएर छाडेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds