काठमाडौँ । नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ । मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा उनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको बताइएको छ ।
जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि नागरिकले सुरक्षित महसुस गरेको जानकारी दिइएको छ । पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ । पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयबासीमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ ।
सम्बन्धित खबर
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
कश्मीरमा आतंकवादी आक्रमणको विश्व समुदायबाट निन्दा, १ नेपालीसहित कम्तीमा २६ मारिएको दाबी
बागलुङ सेवा समाज कतार बहुद्देश्यीय अक्षयकोषकाे प्रथम अधिवेशन, अध्यक्षमा सन्तोष पौडेल
बङ्गलादेशमा हिन्दु नेताको अपहरणपछि कुटेर हत्या
बागलुङ सेवा समाजकाे कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतारमा
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध