कास्कीमा सवारी दुर्घटनाबाट ९ महिनामै ४३ को ज्यान गयो

कास्कीमा सवारी दुर्घटनाबाट ९ महिनामै ४३ को ज्यान गयो

chautha-accident-gadi-5

पोखरा, १० वैशाख / कास्कीमा आर्थिक वर्ष २०७४/७५ को ९ महिनामा सवारी दुर्घटनाबाट ४३ जनाको ज्यान गएको छ ।दुर्घटनामा पछिल्लो समय ज्यान जानेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकमा देखिएको छ ।

श्रावण र भाद्रमा ४/४, असोज र कार्तिकमा २/२, मंसिरमा ३ , पौषमा ६ , माघमा ५ , फागुनमा ८ र चैत्रमा ९ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका हुन्।

९ महिनामा ७० वटा सवारी साधन दुर्घटनामा परेका थिए। यी दुर्घटनामा ६० जना गम्भिर घाईते भएका थिए। ट्राफिक कार्यालयका अनुसार चालकको लापरबाहीले ५२ र सडकको कारण ४, तिव्र गति १४ गरी ७० वटा सवारी साधन दुर्घटनामा परेका हुन् ।

गत आर्थिक वर्ष २०७३ /२०७४ मा कास्कीमा सवारी दुर्घटनाबाट ५८ जनाले ज्यान गुमाएका थिए भने गम्भिर घाइतेको सख्या ७३ र सामान्य घाइतेको संख्या ३१ रहेको थियो । सो अवधिमा ९९ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

सवारी साधनको चाप, मापसे, तिब्र गतिका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए । उनले सडक संजालको पूर्वाधार विकास, ट्राफिक सचेतनालाई जोड दिन सके दुर्घटना कम हुने र ट्राफिक नियम उल्लंघन गर्दा मानवीय तथा भौतिक क्षति बढ्दै गएको बताए ।

मल्लले ट्राफिक जनचेतना प्रशिक्षण कार्यक्रम मार्फत विभिन्न स्कुलहरुमा विद्यार्थि, व्यवसायी, चालक, परिचालक एवं सर्वसाधारणलाई प्रशिक्षण दिदै आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ