आज राष्ट्रिय धान दिवस

आज राष्ट्रिय धान दिवस

dhana-ropdai

पोखरा । आज असार १५, राष्ट्रिय धान दिवस । यस दिन नेपाली समाजमा दहि चिउरा खाने पर्वका रुपमा लिइन्छ । यसवर्ष मनसुन सुरु भएसँगै पानी परेकाले देशभर छिटै रोपाइँ भएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds