स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ का खड्कबहादुर गाहामगरको बंगुर खोरमा पसेको चितुवालाई पछि गोली हानेर मारिएको छ ।
गाहा आइतबार बिहान अन्दाजी साढे ७ बजेतिर बंगुरको दाना लिएर खोरतर्फ जाँदा खोरमा चितुवा देखेका थिए। त्यसपछि उनले तत्काल प्रहरीलाई खबर गरे । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुग्यो ।
खड्कबहादुरको बंगुरको खोरमा ८ वटा बंगुर थिए, जसमध्ये ३ वटा त चितुवाले मारिसकेको रहेछ । प्रहरी, स्थानीय र वनका कर्मचारी बंगुर खोर भएको ठाउँमा पुगे ।
चितुवा अचानक खोरबाट भागेर ५० मिटर टाढा मानिस भएको ठाउँमा पुग्यो । चितुवाले गल्याङ ७ तोलातुङ का ३८ वर्षीय लालबहादुर विकलाई एक्कासि आक्रमण गरेपछि विकको जीवन रक्षार्थ प्रहरीले गोली चलाउनु पर्यो ।
सब डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा गोली हानिएको हो । गोली लागेर घाइते भएको चितुवा केही समयपछि मरेको थियो ।
मृत चितुवाको मुचुल्का कार्य सम्पन्न गरी वन कार्यालयका जिम्मा लगाइएको थियो । चितुवालाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ ३ नर्सरी वन कार्यालयको कम्पाउन्डमा खाडल खनी पुरिएको छ ।
घाइते लालबहादुरको गल्याङ नगर अस्पतालमा उपचारपश्चात घर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते