कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित काँडेमा बस र ट्याक्सी एकापसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।
शनिबार दिउँसो पोखराबाट नयाँपुल तर्फ जाँदै गरेको ग १ ख ८१५५ नंवरको बस र विपरीत दिशाबाट आउंदै गरेको ध १ ज ४३० नंवरको ट्याक्सी एकआपसमा ठक्कर खाँदा ट्याक्सीमा सवार चार जना घाइते भएको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।
घाइते हुनेमा ट्याक्सी चालक म्याग्दी जिल्ला मालिका गाउँपालिका- दरवाङ बस्ने वर्ष २५ को दिवस सुवेदी, ट्याक्सीमा सवार रघुगंगा गाउँपालिका -१ बस्ने वर्ष ५८ की मनदेवी खड्का क्षेत्री, सोही ठेगाना भएका ६० वर्षीय क्षेत्र बहादुर खड्का क्षेत्री र बेनी नगरपालिका -९ बस्ने ३५ वर्षीय किसान खत्री रहेका छन्।
घाइतेमध्ये ट्याक्सी चालक सुवेदीको मणिपालमा उपचार भैरहेको छ। उनको अवस्था सामान्य छ भने, अन्यको फिष्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना लगत्तै घटनास्थलमा खटिएको प्रहरीको टोलीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ