नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।
छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक रु २ हजारका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् । गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।
यसैगरी गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दसैंखर्च भनेर एकमुष्ट रु पाँच हजार दिने व्यवस्था गरिएको हो । चाडपर्वमा ज्येष्ठ नागरिकले अरूको मुख ताक्न नपरोस भनेर यस्तो व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुुर रानाले जानकारी दिए।
गाउँपालिकाको बजेट रु.३९ करोड
गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु। ३९ करोड ३७ लाख १० हजार बराबरको बजेट ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाद्वारा प्रस्तुत तथा छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा १५ शय्याको बौदीकाली आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।
कोरोना सङ्क्रमणले निम्त्याएको सङ्कट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिदैं रोजगारीका अवसर सिर्जना, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटन प्रवद्र्धन, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा नीति तथा कार्यक्रम केन्द्रीत रहेको अध्यक्ष रानाले बताए।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की