राष्ट्रपति भण्डारीद्वारा विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सूचीसहित)

राष्ट्रपति भण्डारीद्वारा विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सूचीसहित)

Bidya_Devi_Bhandari_President_rastrapati

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगलगायतका विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विहीबार (आज) संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी हुन् ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २४२ को उपधारा ९२० अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् । त्यस्तै, सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीलाई नियुक्त गरेकी छन् ।

त्यस्तै, राष्ट्रपति भण्डारीले संविधानको धारा २३८ को उपधारा ९२० अनुसार अख्तियार दुरुपयोग अनुसन्धान अयोगको आयुक्तहरुमा हरि पौडेल र सुमित्रा श्रेष्ठलाई नियुक्त गरेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds