महेन्द्र गुफामा सि.सि. क्यामरा जडान

महेन्द्र गुफामा सि.सि. क्यामरा जडान

Mahendra-Cave

पोखरा, ८ वैशाख / पर्यटकीय स्थल महेन्द्र गुफा परिसरमा सि.सि. क्यामेरा जडान गरिएको छ । पर्यटकहरुको अत्याधिक बढि चाप हुने उक्त क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी गुफा परिसरका चारवटा क्षेत्रलाई केन्द्रित गरी क्यामेरा जडान गरिएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ ।

गुफा प्रवेश गर्ने स्वदेशी तथा विदेशीपर्यटकले अब ढुक्कसँग गुफा, अवलोकन गर्न सक्ने सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए । ‘अब कुनैपनि आगन्तुकले असुरक्षित महशुष गर्ने छैनन् पौडेलले भने गुफा क्षेत्रमा पर्यटक मैत्री वातावरण बनेको छ ।’ – पौडेलले भने ।

वर्षेनी हजारौं पर्यटक आउने गुफालाई थप आर्कषण र विचरण योग्य बनाउन कार्य योजना तयार गरिएको र त्यही अनुरुप काम शुरु गरिने विन्ध्यवासिनी मा.वि.का प्रधानाध्यापक कृष्ण प्र.आचार्यले जानकारी दिए ।

विन्ध्यवासिनी मा.वि.बाट संरक्षित हुँदै आएको महेन्द्र गुफा क्षेत्रबाट प्राप्त आम्दानीबाट स्थानीय विन्ध्यवासिनी मा.वि. सञ्चालन र विभिन्न विकास निर्माणका कार्यमा सहयोग हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds