चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाख रुपैयाँ विगो दाबी

चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाख रुपैयाँ विगो दाबी

Chudamani-sharma

काठमाण्डौ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले बुधवार शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सरकारले २०७१ सालमा गठन गरेको कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स-प्रमाण पुष्टि भएको अख्तियारले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds