प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी जिवनकुमार श्रेष्ठ लागु औषध नियन्त्रण ब्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाण्डौ सरुवा भएका छन् । कास्कीमा रहँदा श्रेष्ठ ठूला विवादमा मुछिएनन् । मिलनसार, नम्र र आदरभाव गुणका साथ उनले एक वर्षे कार्यकाल सफलतापूर्वक गुजारे । मिडियामैत्री एसपीका रुपमा श्रेष्ठ रहे ।
अब कास्कीको कमाण्ड सम्हाल्न एसपी रमेश थापा आउँदैछन् । दानबहादुर कार्की कपिलवस्तु, ओम राना प्रदेश भैरहवामा सरुवा भएका छन् । त्यस्तै , तनहुँका एसपी अरुण पौडेल प्रदेश कार्यालय पोखरामा सरुवा भएका छन् । यसअघिका तनहुँका प्रमुख एसपी विनोद सिलवाल पनि तनहुँबाट प्रदेश सरुवा भएका थिए । अहिले सिलवालकै ठाउँमा पौडेल आउन लागेका हुन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ