नेपालकै लोपोन्मुख जाति ‘राजा मामा’ कुसुन्डाको निधन

नेपालकै लोपोन्मुख जाति ‘राजा मामा’ कुसुन्डाको निधन

kusundaa

तनहुँ, ५ बैशाख / लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको आज ९बुधबार० बिहान ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

बिहान शौचालय गएर फर्किदा लडेको र उठाएर खाटका सुताएको त्यसपछि नउठेको उनको श्रीमती इन्द्रमाया कुसुण्डाले बताइन । कुसुन्डा जातिको भाषा बोल्न जान्ने उनी एकमात्र व्यक्ति थिए ।

राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । उनी उच्च रक्तचापको बिरामी थिए । उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । उनले इन्द्रमाया तामाङसँग विवाह गरेका थिए ।

उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् ।

उनको श्रीमती र एक छोरी छन् । १० वर्षीय छोरी सिमान्त कुसुण्डा कक्षा ३ को परिक्षा दिएर बसेकी छिन । जनजातीको परम्परा अनुसार उनको दाहसंस्कार गर्ने नेपाल आदिवासी जनजाती महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन ।

अन्तिम दाहसंस्कारको खर्च व्यास नगरपालिका र नेपाल आदिवासी जनजाती महासंघ तनहुँले व्यहोर्ने महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन ।

उनको एक छोरी श्रीमतीको लालनपालन र संरक्षण गर्ने कार्य राज्य गर्न जरुरी रहेको आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरले बताए ।

-किरण श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ