आज पोखराका यी स्थानमा ठप्प हुँदै छ विद्युत आपूर्ति

आज पोखराका यी स्थानमा ठप्प हुँदै छ विद्युत आपूर्ति

PENTAX Image

वैशाख, ५ पोखरा । पोखराका आंशिक ठाँउमा बुधबार केही समय विद्युत आपूर्ति बन्द हुने भएको छ ।

पोखरा वितरण केन्द्रको एअरपोर्ट, बैदाम तथा फेवा फिडरको मर्मतको लागि बुधबार बिहान ८ बजेबाट १२ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन पोखराले आज एक सुचना मार्फत जानकारी गराएको छ ।

सुचनामा बुधबार बैदाम, शहिदचोक, सृजनाचोक, एअरपोर्ट, पार्दी, राष्ट्रबैंकचोक, बिरौटा, कृस्ती लगायतका ठाँउहरुमा विद्युत आपूर्ति बन्द गरेर मर्मत गरिने शाखाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

मर्मतकार्य सकिएको खण्डमा तोकिएको समयावधी भन्दा पहिलेनै विद्युत आपूर्ति नियमित गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ