गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पाेखरा, ४ वैशाख । पाेखरामा मंगलबार दिउँसो भिषण वर्षा भएकाे छ । दिउँसो करिव ३ बजेदेखि चर्काे गड्याङगुडुङ सहित परेको भिषण असिनापानीका कारण पोखराका सडक जलमग्न बन्याे ।
विभिन्न स्थानका सडकका नालीबाट आएको पानी सिधै सडकमा बग्न थालेपछि केही समय यातायात आवनगमन नै प्रभावित भएको छ ।
पोखराको सृजनाचोक, सिद्धार्थचोक, नागढुंगा, एयरपाेर्ट लगायतका क्षेत्रमा बगेर आएको पानी सिधै सडकमा पसेपछि केहीबेर सवारी आवागमनमा नै असर परेको स्थानियले बताए ।
ठूला सवारी साधन चल्न सकेपनि साना सवारी साधनलाई बाधा पुगेको थियाे । सफा रहेको पोखराकाे माैसम अकस्मात बदली भएकाे हाे । एकैछिनमा मेघ गर्जनसहित पानी परेपछि गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमा नै अलपत्र परे ।
असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर पनि गरेको छ । सडकमा भलपानी र भारी वर्षा हुँदा अध्यारो भएर गाडीहरु हेडलाईट बालेर गाडी कुदाएका थिए ।
कतिपय स्थानमा भलपानीले पार्किङमा राखेका मोटरसाइकल स्कुटर समेत ढलाएको थियो ।
सम्बन्धित खबर
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट
संविधान दिवस : स्याङ्जामा प्रभातफेरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग