गण्डकीमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, थप ३४७ जनामा संक्रमण पुष्टि

गण्डकीमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, थप ३४७ जनामा संक्रमण पुष्टि

corona-Update

पोखरा । आइतबार गण्डकीमा थप ३४७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८० जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १५२ जना, तनहुँका ४७ जना, गोरखाका २४ जना, लमजुङका १४ जना, नवलपुरका ४१ जना र स्याङ्गजाका ४५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका तीन जना र म्याग्दी जिल्लाका २१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५० हजार ३०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४७३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४३ हजार ६१९ पुगेको छ।

आइतबार पनि गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका एक जना, तनहुँका दुई जना, नवलपुरका एक जना, स्याङ्गजाका एक जना, बागलुङका एक जना र मुस्ताङ्ग जिल्लाका एक जना छन्  ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८३८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds