कास्कीमा निषेधाज्ञा एकसाता थपियो, खाद्यान्न पसल बिहान १० बजेसम्म खोल्न पाइने

कास्कीमा निषेधाज्ञा एकसाता थपियो, खाद्यान्न पसल बिहान १० बजेसम्म खोल्न पाइने

lockdown newroad pokhara banda

फाइल तस्वीरः खिम लामिछाने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई अझै एक साताका लागि थप गरेको छ।

कोभिड – १९ को सङ्क्रमण फैलावटको रोकथामका लागि जारी निषेधाज्ञा आगामी असार ७ गते सम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्तारिक्षित विज्ञप्तिमा जनाइएको छ ।

प्रशासनका अनुसार पछिल्ला दिनहरुमा संक्रमणदर र मृत्युदर क्रमिक रुपमा घट्दै गएपनि अपेक्षाकृत नियन्त्रण आइनसकेको तथ्याङ्कको आधारमा सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहजता ल्याउने गरी केही परिमार्जन गरिएकाे हो । जस अनुसार हाल बिहान नाै बजेसम्म खाद्य सामाग्रीका पसलहरु खाेल्न अनुमति दिइएकाेमा अब बिहान १0 बजेसम्म खाेल्न पाइने भएकाे छ ।

त्यस्तै विकास निर्माणजन्य सामग्रीका पसलहरु साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds