काठमाडौँ । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्तिलाई लिएर प्रदेशसभा बैठकमै माफी मागेका छन् ।
वैद्यले आफूले आवेशमा आएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति गलत रहेको महसुस भएको भन्दै प्रदेशसभा बैठकबाट आत्मालोचना गरेका हुन् ।
शुक्रबार प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री ओलीको हत्याका लागि नाघुराम गोट्से बन्नुपर्ने बताएका थिए ।
तर उक्त कुराको चौतर्फी आलोचना भएपछि वैद्यले आफूले आवश्यकता भन्दा बढी नै स्वतन्त्रता उपयोग गरेको भन्दै आत्मआलोचना गर्दै आफ्नो अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् ।
उनी काठमाडौं क्षेत्र नं.४ ‘क’ बाट कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते