पोखरा । नयाँ सरकार गठनका लागि गण्डकीका विपक्षी दलहरुले प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया हेरेर भोलि कदम चाल्ने बताएकी छन् ।
हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख पौडेलले आफूले भोलि दिउँसो ३ बजेसम्मको समयसीमा तोकेको र कानुन वमोजिम नै जाने बताएकी हुन् । उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान वमोजिम नै काम गर्ने हो ।’
प्रदेश सभामा हिजो मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको पहल सुरु भएको हो ।
प्रदेश प्रमुख पौडेलले बहुमत दावी गरेर आउन विपक्षी दलहरूलाई आह्वान गर्दै शनिबार दिउँसो ३ बजेसम्मको समय दिएपछि कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दावी गर्दै प्रदेश प्रमुख कहाँ गएको थियो ।
विपक्षी गठबन्धनमा ३१ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ