प्रदेश प्रमुखद्धारा गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय

प्रदेश प्रमुखद्धारा गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय

pradesh pramukh sita-poudel

पोखरा ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

पौडेलले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश सभा सचिवालयबाट प्राप्त भएको भन्दै विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds