तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो ।
सडक विभागको रु छ करोड र गाउँपालिकाको रु तीन करोड ६० लाख गरी रु नौ करोड ६० लाखको लागतमा असार महिनाभित्र सम्पन्न गर्ने कालोपत्र कार्य शुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । सडकको दायाँबायाँ एक/एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम शुरु भएको छ । उनले भने, “नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्र गर्न लागिएको छ ।”
सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक छ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उनले बताए। पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करिब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने पाँच किलोमिटर छ मिटरको सडक हुनेछ । दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताए। उनका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनःनिर्माण गर्ने योजना छ ।
प्रत्येक वडा कार्यालयसम्म कालोपत्र
बन्दीपुर गाउँपालिका मातहत रहेका छवटै वडा कार्यालयमा कालोपत्र पु¥याउने गरी काम गरेको छ । हरेक वडा कार्यालयमा कालोपत्र गर्ने अभियानअनुरुप वडा नं ६ मा जाने मार्गको करिब पाँच किलोमिटर कालोपत्र गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए। उक्त वडा जाने सडकको बीच भागमा केही कालोपत्र गर्न बाँकी रहेकाले तुरुन्तै सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए।
त्यसैगरी वडा नं ५ मा जाने सडक पृथ्वीराजमार्गअन्तर्गत पर्ने याम्पाबाट फराकिलो बनाई कालोपत्र गर्दै थुम्कासम्म पुगेकाले अबको केही दिनमा सम्पन्न हुने उनले बताए। बाँकी चार वडामध्ये केही वडामा पुगिसकेको र कुनैको अन्तिम चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
दुवै खुट्टा भाँच्चिएका सञ्चारकर्मीलाई सहयोग
दुवै खुट्टा भाँच्चिएर उपचारमा रहेकी सञ्चारकर्मी सुनिता डोटेल भण्डारीलाई बिहीबार नेपाल प्रेस युनियनले आर्थिक सहयोग गरेको छ । युनियनद्वारा सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरी जम्मा भएको रु ६२ हजार १२० बिहीबार बैंकमार्फत सहयोग गरेको हो । सुनिता घरको छतबाट खसरे दुवै खुट्टा भाँच्चिएर हाल काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारत रहेको र ठूलो रकम खर्च भएकाले चहराइरहेको घाउमा मल्हम लगाउने कार्य गरिएको नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अमराज नहर्कीले जानकारी दिए।
युनियनले बिहीबार नै एक प्रेस विज्ञप्ति जारी गरी सहयोग सङ्कलनका क्रममा रकम प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गरेको छ । साथै घाइते सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । युनियनमा आबद्ध सञ्चारकर्मीसँग रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिए। त्यसैगरी नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पनि सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरिरहेको छ । महासङ्घले हालसम्म करिब रु ४० हजार सङ्कलन भइसकेको शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिए । सङ्कलन अभियान जारी रहेकाले सङ्कलित रकम छिट्टै हस्तान्तरण गरिने उनले बताए।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते