पोखरामा प्रधानमन्त्री किन रोकिए १ घण्टा ?

पोखरामा प्रधानमन्त्री किन रोकिए १ घण्टा ?

pm-oli-in-pokhara

पोखरा, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा तेल भर्न पोखरा विमानस्थल झरेका छन् । काठमाडौंबाट पोखरा हुँदै मुगुको रारातालका लागि उडेका प्रधानमन्त्री चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको हो ।

शुक्रबार विहान ९ बजे दुईवटा हेलिकप्टरमा आएका प्रधानमन्त्रीको टोली इन्धन भर्न नपाए पछि १ घण्टा विमानस्थलमा नै अड्कीयो । नेपाल आयल निगमको पोखरा विमानस्थलको डिपोबाट हवाइ इन्धन नताने पछि टोलि पोखरा विमानस्थलमा १ घण्टा अड्कीएको हो ।

विमानस्थलमा रहेका दुई वटा टयांकर मध्ये एकमा इन्धन सकिएको थियो अर्को टयांकर स्टार्ट नै भएन नेपाल आयल निगम पोखराका प्रमुख नवराज पोख्रेलले बताए ।

उनका अनुसार खाली भएको टयांकरमा इन्धन ट्यांकीबाट इन्धन नै नताने पछि समस्या आएको बताए । पछि डाइनामोलाई मर्मत गरेर इन्धन भरेको बताए । प्रधानमन्त्री बागलुङको ढोरपाटन हुँदै मुगुको राराताल पुगेका थिए । प्रधानमन्त्रीसगँ अरु मन्त्री र नेताहरु पनि थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ