बुधबार कास्कीका ९१ सहित गण्डकीमा थप ६६३ जनामा कोरोना पुष्टि, १७३३ संक्रमणमुक्त

बुधबार कास्कीका ९१ सहित गण्डकीमा थप ६६३ जनामा कोरोना पुष्टि, १७३३ संक्रमणमुक्त

Gandaki covid corona 4

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका ६६३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार गत २४ घण्टामा गण्डकीका २ हजार १४४ जनामा गरिएको परीक्षणमा माथि उल्लेखित जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९१ जना, तनहुँका ६९ जना, गोरखाका ८६ जना, लमजुङका ८९ जना, नवलपुरका १५० जना र स्याङ्गजाका ५१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका ३९ जना, बाग्लुङका ६० जना, म्याग्दीका १७ जना र मुस्ताङ जिल्लाका ११ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४८ हजार ४७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । योसंगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४० हजार ८५३ पुगेको छ।

बुधबार पनि गण्डकीमा १० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका दुई जना, तनहुँका दुई जना, नवलपुरका तीन जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७९९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds