वालिङ । कोभिड–१९ को सङ्क्रमणदर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकालाई मङ्गलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजन र ताइवान एलजेएम बुद्धिष्ट सोसाइटीको सहयोगमा नगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्री गरी रु १० लाखभन्दा बढीको सहयोग प्राप्त भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।
कन्सन्ट्रेटर, पिपिइ सेट, एन्टिजेन किट, फेसशिल्ड, अक्सिजन सेट, सर्जिकल मास्क, पञ्जासँगै समाजसेवी डा पवमान सुवेदीको व्यक्तिगत योगदानसहित रु १० लाख बराबरको स्वास्थ्य सामग्री नगरपालिकालाई मङ्गलबार हस्तान्तरण गरेको हो ।
“महामारीका रूपमा फैलिएको कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासँगै विभिन्न सङ्घसंस्था तथा व्यक्तिले आफूखुशी सहयोग जुटाएका छन्”, नगरप्रमुख खाँणले भने, “महामारी नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराइदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको छ ।”
विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र नगद सहयोग गरिरहनुभएको नगरप्रमुख खाँणले बताए। दाताहरुले सहयोग गरेको प्रयोजनका आधारमा रकम खर्च गर्दै आएको बताउँदै नगरप्रमुख खाँणले भने, “यो महामारीका समयमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिगतरूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने, नगद सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गर्दछौँ ।”
नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेशन सेन्टरमा बिरामीलाई निःशुल्क उपचार, खाना तथा खाजाको व्यवस्थासमेत मिलाएको छ । त्यस्तै नपाले दुई स्वास्थ्यकर्मीको टोलीलाई औषधिसहित परीक्षणका लागि गाउँगाउँमा खटाएको छ । आवश्यकता हेरी गाउँमै पुगेर पनि एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते