एजेन्सी । अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम घटेपछि नागरिकलाई उत्प्रेरित गर्न अनौठो उपहार प्याकेज ल्याइएको छ ।
वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।
यसअघि अमेरिकाको एरिजोना राज्यले कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् । केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।
अमेरिकामा अप्रिलदेखि मानिसहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम लगातर घटेको छ । खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते