नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैप्रति मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । ७४ साल चुनावी वर्षको रुपमा रह्यो । अब ७५ साल संघियतालाई व्यवस्थित गर्ने वर्षका रुपमा र विकासलाई अगाडि बढाउने वर्षको रुपमा रहनेछ भन्ने विश्वास लिएको छु ।
अब केही दिनभित्रै हरेक गाउँ, वडा तहमा सेवा प्रवाह गर्नको निम्ती राष्ट्रसेवकको कमी हुने छैन । हरेक ठाउँमा नयाँ संरचना तयार गरेर पठाइसकेका छौँ । १५ दिनभित्र प्राथमिकताको सूचि प्रस्तुत गर्न राष्ट्रसेवकलाई सार्वजनिक सुचनामार्फत आग्रह गरेका छौँ । सबै ठाउँमा प्रशासनिक र प्राविधिक कर्मचारीलाई व्यवस्थापन गर्छौँ । अबको एक महिनाभित्रमा कर्मचारी व्यवस्थापन गर्न सक्छौँ ।
विगतमा कर्मचारीहरुमा देखिएको विसंगति र विकृतिहरुलाई हामी समाप्त पार्न चाहन्छौँ । चाहे जनप्रतिनिधी हुन्, चाहे राष्ट्रसेवक, काम छोडेर विदेश वा कहीँ कतै घुम्न जाने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अति आवश्यक काममा बाहेक मन लागेको बेलामा मन लागेको ठाउँमा घुम्न जाने प्रवृत्तिको अन्त्य हुन्छ ।
लालबाबु पण्डित
वैशाख १, काठमाण्डौ
सम्बन्धित खबर
रवि लामिछानेलाई काठमाण्डौ लैजाने तयारी, हिजो लगिएन
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम