पोखराकी ३० वर्षीया महिला सहित गण्डकीमा थप १६ जनाको मृत्यु पुष्टि, ९०६ जनामा संक्रमण

पोखराकी ३० वर्षीया महिला सहित गण्डकीमा थप १६ जनाको मृत्यु पुष्टि, ९०६ जनामा संक्रमण

corona

पोखरा ।  पछिल्लो २४ घण्टामा गण्डकीका ९०६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका २ हजार ३११ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३०३ जना, तनहुँका ७० जना, गोरखाका ९८ जना, लमजुङका ८२ जना, नवलपुरका ८५ जना र स्याङ्गजाका ९३ जना छन् ।

यस्तै, पर्वतका ३९ जना, बाग्लुङका ७३ जना म्याग्दीका ४७ जना, मुस्ताङका १५ जना र मनाङ जिल्लाका १ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४४ हजार ७४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १०५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३४ हजार ३०४ पुगेको छ।

सोमबार पनि गण्डकीमा १६ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका सात जना, गोरखाका एक जना, नवलपुरका दुई जना, स्याङ्गजाका दुई जना, बागलुङका तीन जना र मनाङका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds