कास्कीका १५१ सहित गण्डकीमा थप ८३८ जनामा कोरोना पुष्टि, १३७२ संक्रमणमुक्त

कास्कीका १५१ सहित गण्डकीमा थप ८३८ जनामा कोरोना पुष्टि, १३७२ संक्रमणमुक्त

corona-Update

पोखरा।  पछिल्लो २४ घण्टामा गण्डकीका ८३८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका २ हजार २४६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १५१ जना, तनहुँका ५५ जना, गोरखाका १२७ जना, लमजुङका ७३ जना, नवलपुरका ११७ जना र स्याङ्गजाका १३३ जना छन् ।

यस्तै, पर्वतका ३४ जना, बाग्लुङका ११२ जना र म्याग्दी जिल्लाका ३६ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४३ हजार ८३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १३७२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार २५१ पुगेको छ।

सोमबार पनि गण्डकीमा १३ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, तनहुँका दुई जना, स्याङ्गजाका तीन जना, गोरखाका दुई जना र लमजुङका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७०७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds