गण्डक न्युज पोखरा, ३० चैत / ताल नगरीमा बस्ने पोखरेली पानीसँग रम्न भने वञ्चित नै छन् । यहाँका ताल र खोलामा असुरक्षा, पर्याप्त स्विमिङ पुलको अभाव झेलेका पोखराबासीले वाटर फन पार्क चाहेका थिए । अब नयाँ वर्ष २०७५ सँगै पानी पारखीलाई खुशीको खबर छ । वैशाख १ गतेदेखि नै पोखरा कुँडहरमा ११ करोड लगानीमा बनेको वाटर फन पार्क ‘बिग स्प्लाश’ सञ्चालनमा आउँदैछ ।
अन्तर्राष्ट्रिय शहर उन्मुख पोखरा प्रदेशको निर्विकल्प राजधानी हो तर यहाँ वाटर फनपार्क समेत थिएन । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै युवा व्यवसायी अमितराज मुल्मीले वाटर फन पार्क संचालनमा ल्याउन लागेका हुन् । आर्य दि रिसोर्ट एण्ड फन प्रालिले करिब १७ महिनामा निर्माण सम्पन्न गरेको हो ।
भिडियो
वाटर पार्कमा आवश्यक पानी प्रालिले आफै बोरिङ गरी निकालेको छ । अन्तर्राष्ट्रिय गुणस्तरको उच्च प्रविधिमा प्रशोधन गरि प्रयोगमा ल्याइएको प्रबन्ध निर्देशक अमितराज मुल्मीले बताए । १३ रोपनी क्षेत्रफलभित्र एकान्त र रमणिय वातावरमा मज्जा लिन सकिनेछ ।
बच्चादेखि वयस्कसम्म पानीमा मनोरञ्जनका लागि विभिन्न स्लाइड र फाउन्टेनहरु रहेका छन् । ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३१० फिट लामो रोमाञ्चक स्लाइडिङ गरी स्प्लास पुलमा उत्रिँदै पानीको मज्जा लिन सकिने मुल्मीले बताए ।
त्यसैगरी, ३० फिटको उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो फ्ल्यास पुलमा उत्रन मिल्ने, ३० फिट उचाइमा १ सय २० फिट लामो र १५ फिट उचाइमा ६० फिट लामो छुट्टाछुट्टै स्टे«ट स्लाइड र वेभ स्लाइडबाट अर्को पुलमा उत्रने मिल्ने गरि वाटर पार्क निर्माण गरिएको बताए ।
पार्कमा मनोरञ्जनका लागि अन्य आकर्षक फाउण्टेन्सहरु पनि निर्माण गरिएको उनले बताए । शुभारम्भको अवसरमा २ फिट ६ इन्च भन्दा साना बालबालिकालाई प्रवेश निःशुल्क गरेको पार्क व्यवस्थापनले उचाईको आधारमा चार फिट भन्दा कम उचाइकालाई प्रवेश शुल्क ४ सय ३५ र ४ फिट बढी उचाईका व्यक्तिलाई ४ सय ९५ रुपैयाँ निर्धारण गरेको छ । प्रवेश गरेपछि मन लागुन्जेल मनोरञ्जन लिन सक्ने आर्य दि रिसोर्ट फन प्रालिका अध्यक्ष आनन्दराज मुल्मीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले वाटर पार्क पोखरा आउने पर्यटकका लागि नयाँ गन्तब्य हुने बताए । ‘पोखरा पर्यटकीय शहर हो । अन्तर्राष्ट्रिय शहर उन्मुख छ । अब यस्ता पूर्वाधारहरु बन्नुपर्छ । यो स्थान पर्यटकीय गन्तव्य बन्नेछ ।’ मुल्मीले भने ।
वाटर पार्कमा बिभिन्न खानाका परिकार सहित रेष्टुरेण्ट समेत संचालनमा छ । भुकम्प प्रतिरोधात्मक डिजाइनमा भवन, टावर लगायतका संरचना निर्माण गरिएको प्रालिले जनाएको छ । दोस्रो चरणमा स्वीमिङ पुल निर्माण गर्ने र अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नजिकै रहेको सो फन पार्कमा सुविधा सम्पन्न रिसोर्ट बनाउने लक्ष्य समेत प्रालिको छ ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ