पोखरा । गण्डकी प्रदेश सभाका विपक्षी दलहरुले संघ सरकारले ल्याएको बजेट असंवैधानिक भएको टिप्पणी गरेका छन् ।
काम चलाउ सरकारले पूर्ण बजेट ल्याउनु नियमविपरीत रहेको भन्दै पहिला विश्वासको मत लिएर मात्र बजेटसम्बन्धी क्रियाकलाप अगाडि बढाउन विपक्षी दलहरुले सुझाव दिएका हुन् ।
प्रदेशको बजेट अधिवेशन अन्तर्गत सोमबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदैछ । विनियोजन विधेयक प्रस्तुत हुनु १५ दिन अगावै प्रिबजेटमाथिको छलफल सम्पन्न भइसक्नुपर्ने कानुनी प्रावधान छ ।
संवैधानिक व्यवस्था अनुसार जेठको २७ गतेभित्र सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ । वैशाख २९ गते पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ