गण्डक न्युज पोखरा, २९ चैत / पोखरा, पृथ्वीचोक (नयाँबजार रोड) स्थित चरक मेमोरियल मेडिकेयर हस्पिटलमा उपचाररत बिरामी हस्पिटलबाटै हाम्फालेका छन् ।
लमजुङ घर भई पोखरा ११ फुलबारी बस्ने युवराज गुरुङ हस्पिटलबाट अहिले दिउँसो पौने ५ बजे हाम्फालेको कास्की प्रहरीले जानकारी दिएको छ ।
तीन तलामाथि सिसा फोडेर रोडमा हाम्फाल्दा टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ३० वर्षीय गुरुङलाई चरक हस्पिटलबाट मनिपाल कलेज रिफर गरिएको छ ।
यही चैत २७ गतेबाट आईसियुमै राखेर उनको उपचार गरिँदै आएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनको मानसिक सन्तुलन ठीक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईन्छ ।
तस्विरः विक्रम थापा मगरको फेसबुकबाट ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ